Khabar Samachar

ओली दम्पतीले लगाए राष्ट्रपतिसँग टीका

202
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टीका तथा जमरा लगाएका छन् । श्रीमती राधिका शाक्यसहित सितलनिवास पुगेका ओलीले राष्ट्रपति भण्डारीसँग टीका लगाएका हुन् ।

गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवास पुगेका हुन् ।यसैबीच, राष्ट्रपति भण्डारीले सर्वसाधारण र उच्च पदस्थ अधिकारीलाई टीका लगाइदिएकी छन् । बुधबार सितलनिवासमा राष्ट्रपति भण्डारीले आम सर्वसाधारण तथा उच्च पदस्थ अधिकारीलाई दसैँको उपलक्ष्यमा टीका लगाइदिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित