Tuesday , October 24 2017
Breaking News
Home / समाचार / गौचन हत्याको सनसनीपूर्ण खुलासा ! १२ अर्बको ठेक्का भित्रको मनमुटावले गयो उनको ज्यान

गौचन हत्याको सनसनीपूर्ण खुलासा ! १२ अर्बको ठेक्का भित्रको मनमुटावले गयो उनको ज्यान

''
Download

काठमाण्डु, २५ साउन– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको कारण पैसाको लेनदेन रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

गएको असोज ९ गते खोलिएको हुलाकी राजमार्गको १२ अर्बको ठेक्काको रकम वितणमा देखिएको मनमुटावका कारण हत्या भएको जस्तो देखिएको घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

प्रहरीले उक्त ठेक्का ककसको नाममा परेको र ठेक्का लागि अध्यक्ष गौचनसंग मालमो लाई गर्ने समूहको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

गाैचनकाे पृष्ठभूमि

मुस्ताङको टुकुचे गाविसमा जन्मेका गौचनले २०३९ सालमा डाँफे कन्स्ट्रक्सन निर्माण कम्पनी स्थापना गरी निर्माण व्यवसायको क्षेत्रमा प्रवेश गरेका हुन् । उनले २०३८ सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सर्टिफिकेट लेभल इन सिभिल इन्जिनियरिङ प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए ।

२०४० सालमा नेपाल ठेकेदार एसोसिएसन, निर्माण व्यवसायी संघमा संलग्न हुँदै आएका गौचन २०५४ सालमा गठित नेपाल निर्माण व्यवसायी महासंघको सचिव भएका थिए । महासंघका तर्फबाट उनी निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफएडब्ल्युपिसिए) को बोर्ड सदस्यका रूपमा अन्तर्राष्ट्रिय सम्मेलन तथा बैठकमा सहभागी भइसकेका छन् ।

सालीन स्वभावका गौचनको कोहीसँग विवाद भएको थाहा नभएको उनी निकट व्यवसायीहरु बताउँछन् । निर्माण व्यवसायीहरुले गौचन सवैसम्म मिल्ने व्यक्ति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले बताए ।

‘मलाई भएको जानकारी अनुसार उहाँको कोहीसँग दुष्मनी थिएन । उहाँ जस्तो व्यक्तिलाई कसैले किन गोली हान्या, अचम्ममा परेका छौं ।’ व्यवसायीहरुले घटनामा संलग्नहरुलाई तत्काल कारवाहीको माग गरेका छन् ।

Close Ad to Play Video

Check Also

हिन्दी चलचित्रलाईनै पछाडी पारेर यो बेला नेपाली सिने जगतलाईनै चुनौती दिदै रेखा अभिनित चलचित्र रुद्राप्रियाले पुरै दर्शक हलमा तानेको छ।

'' Download कमल सरगम काठमाण्डौ। हिन्दी चलचित्रलाईनै पछाडी पारेर यो बेला नेपाली सिने जगतलाईनै चुनौती …

Leave a Reply

Your email address will not be published. Required fields are marked *