Tuesday , October 24 2017
Breaking News
Home / समाचार / रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोलीहानी हत्या गर्ने कुख्यात डन नाइके पुन समूहले लियो अध्यक्ष गौचनको हत्याको जिम्मा

रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोलीहानी हत्या गर्ने कुख्यात डन नाइके पुन समूहले लियो अध्यक्ष गौचनको हत्याको जिम्मा

''
Download

काठमाडौँ,२३ असोज । नेपाल निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्याको जिम्मा कुख्यात डन मनोज पुन समूहले लिएको छ । भारतमा बसेर अन्डरवर्ल्ड चलाउँदै आएका मनोज पुन समूहले गत पुसमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई समेत गोली प्रहार गरी हत्या गरेको थियो |

गत २०७२ भाद्र मा प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात डन कुमार श्रेष्ठ ‘घैंटे’का नजिकका सहयोगी बस्नेत निकट लोप्साङ राईले काठमाडौं परिसर प्रमुख एसएसपी रविन्द्रसिंह धानुकलाई फोन गरी घटनाको जिम्मा लिएका हुन् ।

प्रहरीले त्यसबारेमा अनुसन्धान अगाडि बढाएको छ । यो भन्दा पहिले पनि चैतमा काभ्रेका गुण्डा नाइके दावा लामामाथिको गोली प्रहारको घटनामा पनि राइले काठमाडौंका तत्कालिन एसएसपी छवीलाल जोशीलाई फोन गरी घटनाको जिम्मा लिएका थिए ।

सोमबार दिउँसो तीन बजे घरबाट अफिस हिडेको गौचनमाथि अज्ञात दुई व्यक्तिले बानेश्वरको खरिवोटमा गोलि प्रहार गरेको थियो | ढुंगा प्रहार गरि रोकिएको गाडीमा ड्राइभरलाई थाहै नपाई गौचनलाइ मुटु,कलेजो र पेटमा तीन गोलि लागेको थियो | आफन्तका अनुसार गोलि लागि सकेपछि ड्राइभरलाई गोलि लागेको सुनाएपछि मात्रै उनका ड्राइभरले थाहा पाएको हुन् | तीन गोलि प्रहारबाट शक्त घाइते गौचनलाई सिभिल अस्पताल पुर्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरिएको थियो ।

ब्यबसायी र आफन्तद्वारा नाराबाजी :

सिभिल अस्पताल पुर्याउदा बाटैमा गौचनको मृत्यु भैसकेको अस्पतालले जानकारी दिए हो | गौचन गोलीकाण्डपछि बानेश्वर आसपासका साधारण आफन्त र निर्माण ब्यबसायीहरु आक्रोसित भइ प्रदर्शनमा उत्रेका थिए | प्रदर्शनले तीनकुने -माइतीघर सडक अबरुद्द भएको थियो |

सडकमा उत्रेका मृतकका आफन्त र निर्माण व्यवसायीहरुले शान्ति सुरक्षाको माग गर्दै गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) बिरुद्ध नाराबाजी समेत गरेका छन् |

अध्यक्षमाथिको गोलि प्रहार निन्दनीय र खेदपूर्ण भन्दै गृहमन्त्री शर्माले काठमाडौंको सुरक्षा तैनाथ गरिने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याई सार्बजनिक गर्ने प्रतिबद्दता जनाएका छन् | गोलीकाण्ड घटना पश्चात आजै काठमाडौँको विभिन्न स्थान बाट तीन जनालाई पेस्तोल सहित पक्राउ गरेको जानकारी दिए | अहिले राजधानीको सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आक्रोसित निर्माण ब्यबसायीहरु दोषीलाई पहिचान गरि कारबाही नगरे सम्म लासलाई नउठाउने र निर्माण ब्यबसायी कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका छन् | लास पोस्टमार्टमको लागि महाराजगंजस्थित शिक्षणअस्पताल (टिचिङ्ग हस्पिटल)मा राखिने छ |npnews

Close Ad to Play Video

Check Also

हिन्दी चलचित्रलाईनै पछाडी पारेर यो बेला नेपाली सिने जगतलाईनै चुनौती दिदै रेखा अभिनित चलचित्र रुद्राप्रियाले पुरै दर्शक हलमा तानेको छ।

'' Download कमल सरगम काठमाण्डौ। हिन्दी चलचित्रलाईनै पछाडी पारेर यो बेला नेपाली सिने जगतलाईनै चुनौती …

Leave a Reply

Your email address will not be published. Required fields are marked *