Tuesday , October 24 2017
Breaking News
Home / मनोरंजन / जो कसैको आशु झर्छ ! सामाजिक मर्यादाले टाढा बनाएको प्रेम, जसलाई साहस बटालाले आजीवन भुल्न सकेनन

जो कसैको आशु झर्छ ! सामाजिक मर्यादाले टाढा बनाएको प्रेम, जसलाई साहस बटालाले आजीवन भुल्न सकेनन

''
Download

जीबन चाहेर वा नचाहेर बिताउनु पर्दो रहेछ वा बित्ने रहेछ । चाहेर वा नचाहेर बिताएका बिगत भने बाचुञ्जेलका साथी बन्ने रहेछन । समयले घाउ निको पारे पनि घाउ लागेको चाहि बिर्सन नसकिदो रहेछ । बर्तमानमा हिडिरहेको छु तर कहिलेकाहिँ स्मरणमा बिगत वर्तमान भएर हिड्न खोज्दो रहेछ । म यो पहिचान अनलाइन हेर्छु ।

मलाई असाध्य मन पर्छ किनकी म पनि यहि समुदाएको व्यक्ति हु ! अन्य व्यक्तिका कथा व्यथा सुनिरहदा मलाई पनि आफ्नो बिगतको अपुरो प्रेम र जीबनमा आएका उतार चडाब सुनाउने मन भएर आयो, यो अनलाइन मार्फत मेरो मनको भारी बिसाउने रहर भयो । थोरै भए पनि मन हलुका बनाउने इच्छा जाग्यो ।

मेरो नाम साहस बटाला (तेस्रोलिंगी पुरुष ) घर बाउन्न पोखरी त्रिपन्न टाकुरी भनेर चिनिने जो जनयुद्धको जन्मथलो रुकुम । बा, आमा ,दिदी बहिनी, म अनि एउटा भाईको खुशी र सुखी परिवार छ मेरो । म पढाईको सिलसिलामा एस.एल सी.पछि काठमाडौं आए २०६८ साल वैशाख महिनामा । मैले अहिले डिप्लोमा सर्भे इन्जिनियर पढाइ सकाए । म काठमाडौँमा बसेर पढ्न थालेको आज पाच बर्ष भयो । मेरो बाबा राजनीति गर्नु हुन्छ । नेपाली काँग्रेस पार्टी रुकुमको क्षेत्रिय सभापति हुनुहुन्छ ।

परिवारमा सबै पढे लेखेकै छन । घरमा त्यस्तो कुनै अभाब छैन । भौतिक र मानसिक दुवै सुख दिएको छ मलाई मेरो परिवारले । तर पनि किन यो मन खुशी छैन । बिगत सम्झन पुग्छ । मेरो मन बिगतमा जहाँ अप्राप्तिको छटपटी छ, मैले पहिलो माया गुमाउनुको पीडा छ । मलाई बिगतका यादहरुले कहिले हसाउछ त कहिले रुवाउछन पनि । मलाई बिगतका यादहरुले छुरा रोपीए झैँ हुन्छ यो छातीमा ।

मैले बिगतमा कसैलाई मन पराएको थिए । मेरो जन्म पछिको शारीरिक बृद्धि बिकास स्वाभाविकरुपमा हुदै थियो । तेह्र चौध बर्षको उमेरमा जब मलाई रजस्वाला हुन थाल्यो, स्वर बिस्तारै परिबर्तन हुन् थाल्यो तब मलाई किशोरा अबस्थामा प्रबेश गरेको अनुभूति भयो । यौनजन्य भावनात्मक छालहरू मेरो मन मस्तिष्कमा छचल्किन थाली सकेका थिए । म कक्षा ८ मा पढथे । एकदिन एकजना अपरिचित केटी साथी हाम्रो स्कुलमा आइन । म भन्दा अघिल्लो कक्षा ९ कि केटी साथीले उनीलाई तिमीसंगै कक्षामा बसाल्नु भनेर जिम्मा लगाइदिइन । मैले हुन्छ भने । उनी थिईन अर्कै स्कुलकी बिद्यार्थी । आफ्नो स्कुलमा पढाई सुचारु नभएर केहि दिनको लागि हाम्रो स्कुलमा पढ्न आएकी थिइन । उनी म सगै बेन्चमा बस्न थालिन । हामी ३ जना साथीहरु थियौ संगै बेन्चमा बस्ने उनीसंगै ४ जना भयौ । तर म उनीसंग एक दिन पनि बोलिन ।

उनी अरु साथीसंग बोल्थिन तर म सँग नबोलेरै दिन बिते । उनी एकहप्ता पछी आफ्नो स्कुल सुचारु भएकोले आउन छाडिन । समय बित्दै जादा उनी पढ्ने स्कुल मेरो घर नजिकै थियो त्यहि भएर होला उनको र मेरो बजारमा भेट हुन थाल्यो । भेट हुदा हामी हात मिलाउ थियौ के छ हालखबर भनेर सोध्थ्यौ अनि छुटिन्थ्यौ । क्रमश समय बित्दै थियो । कक्षा ८ को पढाई सकाएर हामी कक्षा ९ मा प्रबेश गरेका थियौ । असार महिना थियो । पहाडी जिल्लामा बर्षात अलि पहिरोको जोखिम भएकोले हाम्रो स्कुल छुट्टी थियो । त्यहि समयमा उनको स्कुल पहिरोको जोखिम कम भएकोले होला बन्द थिएन । त्यतिकै बस्नु भन्दा उनको स्कुलमा गएर पढ्ने निर्णय गरे । म पढ्न जान थाले । मैले चिनेको खासै उनी बाहेक कोहि थिएन ।

म गएकै दिन उनले आफुसंग बस्न आग्रह गरिन । म उनीसंगै बसेर पढ्न थाले । समय बिस्तारै बित्दै थियो । म उनीसंग नजिक हुदै गए । एक्कासी मेरो मनमा मायाको आभाष हुन थाल्यो । मेरो मनमा उनी प्रति माया पलाउन थाल्यो । जब उनीसंग हुन्थे रमाइलो र खुशीको महशुस हुन्थ्यो । जब उनी र म छुटिन्थ्यौ मलाई नरमाइलो लाग्थ्यो । उनको माया र यादले सताउथ्यो । बिस्तारै म मायामा हराउन थाले तड्पिन थाले । मलाई उनको यादले साह्रै सताउन थाल्यो । यसरी नै समय बित्दै थियो ।

हाम्रो स्कुलमा पनि पढाई सुचारु भयो । म हाम्रो स्कुल जान थाले । झन् झन उनको यादले पिरोल्न थाल्यो । मलाई लाग्थ्यो म त छोरी मान्छे उनी पनि छोरी मान्छे किन यस्तो हुदैछ ? म किन उनको यादमा यसरी तडपिदैछु । अब के गर्ने ? मलाई उनीसंग नजिक नबनी बस्न गाह्रो भयो । मैले अब उनीलाई यो कुरा कसरी भन्ने उनीले के सोच्लिन भन्ने कुराले सताई रह्यो । केही नभनी बस्न पनि सकिन । उनलाई भन्ने निर्णय गरे र मेरो बहिनीलाई सबै सुनाए । बहिनीले चिठ्ठी लेख्न आग्रह गरि ।

मैले माया दर्साउदै चिठ्ठी लेखे । मेरो बहिनीले उनलाई चिठ्ठी दिई । त्यसको १र२ दिनमै जबाफ आयो । म पनि माया गर्छु । मलाई पनि यस्तै मायाको खाचो थियो । मलाई पनि तपाइको माया लाग्थ्यो भन्न पो सकेको थिइन भनेर लेखेकी थिइन । यसरी दिन बित्दै गयो हामी नजिक हुदै गयौ । उनी मेरो घरमा म उनको घरमा आउने जाने हुन थाल्यो । २ दिन भेट भएन भने माया मरे जस्तो छ भनेर यसरी नै चिठ्ठी आदानप्रदान गर्थ्यौ । मायाका शब्दहरु चिठ्ठीमा समेट्थ्यौ ।Sahas B

यसरी नै समय बित्दै गयो, माया मौलाउदै गयो । हामी कक्षा ९ को पढाई सकेर कक्षा १० म पढ्न थाल्यौ । उनको घर स्कुल देखि टाढा थियो । ट्युसन बिहानै देखि सुरु हुन्थ्यो । उनलाई मैले मेरो घरमा बस्न आग्रह गरे । उनी मेरै घरमा बस्न थालिन । झन झन हाम्रो माया गाडा हुँदै गयो । म एकपल पनि उनीबाट छुट्न नसक्ने भए । यसरी समय बित्दै जादा एस.एल.सी.परीक्षा पनि दियौ । मलाई बाबाले त पढ्न जा काठमाडौँ भनेर पठाउनु भयो । म उनीबाट छुट्टिएर काठमान्डौं आए । हाम्रो दिनमा तीन चार पटक फोनमा कुरा हुन्थ्यो । बिस्तारै समय बित्दै गयो दसै आयो म घर गए । महिनौ देखिको माया बिर्साउने मौका पायौ ।

म दसै तिहार मनाएर फेरी काठमाडौँ फर्के । सधै झैँ हाम्रो फोन मार्फत कुरा हुन्थ्यो, हामी घन्टौ सम्म कुरा गथ्र्यौ । केहि समय पछी उनी सिलाईकटाई तालिम लिने भनि काठमाडौं आउने निर्णय गरिन । मैले आउन आग्रह गरे उनी आइन । हामी संगै बस्न थाल्यौ । उनीसंगै बस्न पाउदा आनन्दको अनुभूति हुन्थ्यो । यसरी हाम्रो मायाको बेग संगै समय बित्दै गयो । उनीले ३ महिनाको तालिम सकाएर घर जाने निर्णय गरिन र घर गईन । घर गईसके पछी पहिलेको जस्तो फोन हुन सकेन ।

उनको मोबाईल बिजी बिजी मात्र हुन्थ्यो । मैले कहाँ बिजी भनेर सोध्थे ,उनले कतै होइन भनेर फोन राखिदिन्थिन । म सधै फोन गर्न खोज्थे बिजी बिजी हुन्थ्यो र एकछिनमै अफ हुन्थ्यो । यसरी दिन बित्दै थियो । बिस्तारै बुझ्दै जादा काठमाडौँमा हुदा हामी बस्ने कोठा नजिकैको केटासंग प्रेम सम्बन्ध भएको थाहा पाए । म झन झन पागल बन्दै गए । हे, भगवान म कसरी बताउ त्यो समय । म कुन हालतमा थिए, किनकि यो निर्दयी संसारमा म उनलाई बाहेक कसैलाई माया गर्दैनथे । सबै थोक उनलाई सम्झेको थिए ।

यसरी उनकै यादमा दिन बित्दै गए । मलाई पढ्न केहि गर्न मन लाग्न छाड्यो । आफुलाई सम्हाल्न गारो भयो । समय बित्दै जादा फेरी दसै आयो । म घर गए । हाम्रो सम्बन्ध त्यति राम्रो थिएन । म एकदिन साथीहरुसंग बजार गएको थिए । अकास्मत उनको र मेरो भेट भयो । उनी मलाई अंकमाल गर्दै हाँस्दै कहिले आएको ? किन फोन नगरेको ? भन्न थालिन । म केहि बोलीन । तर नबोली कहाँ बस्न सक्थ्योर यो मनले ,बोल्न बाध्य भए र बोले के छ ? घरमा सबै सन्चै हुनुहुन्छ ? भनेर सोधे । यसरी नै गफ गरर्यौ । साथीहरुले जाऊ भन्न थाले, उनले नजाने हाम्रो घर जाने भन्न थालिन । मैले हुन्छ भने म त उनले जे भने पनि कहाँ उनीबाट टाढा हुन चाहन्थेर ।

साथीहरु मलाई त्यहि छोडी घर फर्के । म र उनी गफ गर्दै उनको घर गयौ । संगै बस्यौ तर पनि मैले केहि भन्न सकिन । भोलिपल्ट म मेरो घर फर्के । यसरी समय बित्दै जादा कहिले काँही भेट हुन्थ्यो । केहि समय पछी म काठमाडौं फर्किन लागे । उनी मलाई छोड्न गाडी सम्म आइन र आखाबाट आसु झार्दै ल राम्रोसंग जानु बाटोबाट फोन गर्नु भनिन । गाडी हिड्यो । मैले बेला बेला बाटोबाट फोन गरे । बिस्तारै म काठमाडौँ पुगे ।

केहि दिन महिना सम्म हामो फोन भयो । बिस्तारै समय बित्दै थियो । एक दिन मेरो आफ्नै दाई पर्नेसंग उनको प्रेम सम्बन्ध भएको थाहा पाए । मैले उनलाई सोधे तर उनले होइन भनिन । फेरी मैले दाईसंग सोधे उहाले पनि होइन भन्नु भयो । यसरी बिते मेरा दिनहरु । मेरो पढाई पहिलो बर्षको …सकेर ,दोस्रो बर्षको ..सुरु भैसकेको थियो ! पढाईमा भन्दा पनि उनीको बढी ध्यान हुन्थ्यो । उनमा मेरो माया टाढा हुदै थियो । एक दिन फोन आयो, फोन उठाए त्यो फोन थियो दाईको । कुरा हुदै गर्दा म अब उसंग बिहे गर्छु तिम्रो र उसको केहि सम्बन्ध छैन रे । उसले भन्छ भन्नु भो ! यो कुरा सुन्दा म छाँगाबाट झरे झैँ भए । मलाई रिस उठ्यो मैले उनलाई के के भने । उनी पनि दाईसंगै रहिछिन । भोलिपल्ट फोन गरिन ।

उनको र मेरो फोनमा भानभन भयो । हे, भगवान कसरी भनौ त्यो व्यथा । म पागलसरी भौतारिए । फोन हुन छोड्यो ! १ महिना भएको थियो उनको र मेरो फोन नभएको । एक दिन बिहानै फोन आयो, उनको बिहे भएको खबर पाए । दिनभरी खाना खान मन लागेन आखाभरी आसु मात्र भयो । म बितेका पल सम्झे आसु रोकिएन । यसरी समय बित्दै थियो उनीबाट टाढा भए । यादले सताई रहन्थ्यो, भुल्न धेरै कोशिस गर्थे सक्दैनथे । मैले धेरै प्रयास गरे केहि गरि भुल्न सकिन । यस्तै भावनात्मक उथलपुथलका साथ पढाई सकियो ।
छोेरी भएर पनि किन म यसरी कसैको यादमा जीबन बिताईरहेको छु । म यसरी नै सोच मग्न थिए । मैले एक दिन एफएममा पहिचान कार्यक्रम सुन्ने मौका पाए । त्यस पछी म पनि कतै त्यहि समुदायको व्यक्ति हु कि जस्तो लाग्यो । मलाई नील हिरा समाज जान मन लाग्यो र म एक दिन गए । मैले त्यहाँ परामर्स लिने मौका पाए । तब मलाई मेरो यौनिकताको बारेमा थाहा भयो ।

१६ बर्षकै उमेरमा त्यसरी कसैको मायामा पिरोलिनु अल्लारे पनको उच्छृङखलता नभएर शारीरिक, मानसिक र भावनात्मक आकर्षण पो रहेछ । मलाई सानै देखि केटाको पहिरन लगाएर हिड्न मन लाग्थ्यो । छोरा भएर जन्मेको भए हुन्थ्यो भन्ने सोच्थे । म केटा साथीहरुसंग हिड्थे, उनीहरुसंग खेलहरु खेल्थे । म सानै देखि केटाले गर्ने कामहरु बढी रुचाउथे ।

केटाहरु संग सानै देखि भलिबल खेल्थे । सायद त्यही भएर होला म बिस्तारै महिलाबाट जिल्लाका विभिन्न ठाउमा भलिबल खेल्ने मौका पाए । म गा.बि.स.कै उदारणीय खेलाडि बन्न पुगे । धेरै पुरस्कृत भए । क्षेत्रीयमा छनोट भए । तर पढाई सुरु भएकोले म खेल्न गइन । बास्तवमा मेरो यो स्वभाव सबै कुरा अनि मेरो यौनिकता तेस्रोलिंगी पुरुष रहेछ । !म त्यस पछी निद्राबाट ब्युझिए झैँ ब्युझिन पुगे । म धेरै सोचमग्न भए । भित्र भित्र उकुस मुकुस हुन् थाल्यो । म भित्र एक किसिमको छटपटाहट सुरु भयो ।

बिस्तारै साथीहरुको बिचमा मजाकको पात्र बने । जुन उद्देश्य लिएर समाजलाई परिबर्तन गर्छु भनेर हिडेको थिए त्यही समाजमा हासोको पात्र बन्न पुगे । मलाई एलियानको रुपमा हेरिन थालियो । एकातिर म स्वयममा फरक यौनिकताको कारण मानसिक तनाब भैरहेको थियो भने अर्को तिर साथीहरुको र मायामा धोका खाएको कारण तनाब ब्यबस्थापन गर्न झन कठिन भैरहेको थियो । बिस्तारै मनलाई समाल्न थाले ।

तै पनि मन दुखि नै थियो । सायद यस्तै मानसिक अन्तरद्धन्दकै कारण अथवा सामाजिक सोच भन्दा बिल्कुलै फरक यौनिकताकै कारण म डिप्रेशनको रोगि बन्न पुगे । अस्पतालमा गए औषधी खाए । बल्ल आफुलाई सम्हाल्न सक्ने भए । मैले आफ्नो यौनिकतालाई पहिचान गर्दै गए । मलाई प्रकृतिले दिएको यो एउटा उपहार हो भन्ने कुरा मैले महशुस गर्न थाले । म यस्तो यौन पहिचान भएको एक्लो व्यक्ति होइन भन्ने कुराले ढुक्क भए । बिस्तारै आफ्नो जस्तै पहिचान बोकेका साथीहरु संग रम्न थाले । आज मलाई फरक यौनिकताका कारण न त कुनै पश्चाताप छ न त आत्माग्लानी नै हुन्छ ।

म मेरो जीबन संग सन्तुष्ट छु । मलाई प्रकृति संग केहि गुनासो छैन । जुन गुण लिएर आयौ त्यही पायौ त्यसैले पश्चातापको जिन्दगी जिउनु हुदैन भन्ने मैले बुझेको छु । आफ्नो यो यौनिकता लुकाएर कसैले कष्टपूर्ण जीबन नाजियोस । यसरी मनलाई सम्हाल्दै गए । अब मैले बिगतलाई होइन वर्तमानलाई अँगाल्नु पर्छ भन्ने सोच राखे । बिस्तारै परिबर्तन हुदै गए ।

अब मैले नयाँ जीबनको सुरुवात गर्नु पर्छ भन्ने सोच राख्दै गए । यसरी नै जीवनलाई अगाडि बढाउने क्रममा फेरी एक जना केटी साथीसंग भेट भयो र हाम्रो सम्बन्ध अगाडि बढ्दै गयो । मैले बिगतलाई बिर्सेर बर्तमानमा रमाउनु पर्छ भन्ने सोचे । अगाडि बढ्दै गएको सम्बन्ध आज बिबाहमा परिणत भयो । अहिले घर परिवार र समाजको आखा छलेर हामी संगै घरजम गरेर बसेका छौ ।

मैले अहिले मेरो जीबन साथी प्रतिको गुनासोले यस्तो भन्न खोजेको होइन । जीबन साथीप्रति गुनासो नहुदा नहुदै पनि बिगतको याद आउदो रहेछ । आज पनि छाती चिरिन्छ, मुटु दुख्छ, मन भत भती पोल्छ । उनको यादमा थाहै नपाई आसु झरी दिन्छ । धेरै माया गर्ने जीबन साथी र परिवार छ मेरो । तर पनि जीबनमा घटेका घटना र बुनिएका सपनाले पिरोल्न खोज्दो रहेछ । मैले नसम्झन पनि चाहेको हुँ ।

कोसिस धेरै गरेको हुँ, तर पनि मनलाई ढाटन नसकिदो रहेछ । आज ७ बर्ष बितिसके छ पहिलो पटक उनलाई भेटेको । ३ बर्षको हाम्रो प्रेमलाई पुर्णबिराम लगाई उनले बिहे गरेको ४ बर्ष भएछ । हो समयले घाउ निको पार्छ । तर घाउको खाटो जीबनभर पनि बसिरहन सक्छ । मेरो त्यो प्रेमलाई म जीबनभर बिर्सन सक्दिन । दुनियाले देख्दा आज म सुखमा छु धेरै माया गर्ने परिवार छ मेरो । आज मैले बिबाह गरेर बसेको ६ महिना भइसकेको छ । तर यो बिबाह घर परिवार र समाजलाई थाहा छैन र स्विकार पनि गर्दैनन् । म र मेरो जीबन साथीले पीडा भोग्नु परेको छ । यो अबुझ समाजका कारण । एउटा छटपटिले मलाई सुखी परिवार भएर पनि हासी खुशी भएर सन्तुष्टीसंग बाच्न दिएको छैन

साभार-अमेरिका नेपाल बाट

Close Ad to Play Video

Check Also

भाउजुले भनिन, “म तपाईलाई सम्भाेग गर्न सिकाईदिन्छु तर कसैलाई नभन्नु ल”

'' Download मेरो नाम संगित हो म २४ बर्षको भएं, म काठमाण्डौको गाउँमा एउटा बृहत …

Leave a Reply

Your email address will not be published. Required fields are marked *