Tuesday , October 24 2017
Breaking News
Home / अनौठो संसार / लस भेगासमा भएको गोलीकाण्डमा मारिनेको संख्या पुग्यो ५८, ५०० बढी घाइते – यी नै हुन् गोलि चलाउने ६४ बर्षीय अर्बपति

लस भेगासमा भएको गोलीकाण्डमा मारिनेको संख्या पुग्यो ५८, ५०० बढी घाइते – यी नै हुन् गोलि चलाउने ६४ बर्षीय अर्बपति

''
Download

स एन्जेलस, १६ असोज । अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट (सांगितिक प्रस्तुति) मा भएको गोलीकाण्डमा मारिनेहरुको संख्या ५८ पुगेको छ भने अरु ४०० जना घाइते भएका छन् ।

लस भेगासको मन्डालय बे होटलमा कन्सर्ट भइरहेको बेला गोली चलेको थियो । अन्धाधुन्ध भएको गोली हानाहानमा ५८ जनाको ज्यान गएको पुष्टी भएको छ ।

सोमबार बिहान लस भेगसको नगर प्रहरीले मारिने व्यक्तिको संख्या ५८ पुगेको जानकारी सहितको विज्ञप्ति प्रकाशन गरेको छ । सोही गोलीकाण्डमा परी ४०० जना गम्भीर रुपमा घाइते भएका छन् ।

सो होटलको ३२ औँ तल्लामा उक्त कन्सर्ट चलेको थियो । सो कन्सर्टमा एकजना आक्रमणकारीले गोली चलाएर आम हत्या गरेको प्रहरीले जनाएको छ ।

गोली हान्ने व्यक्तिको बारेमा प्रहरीले दिएको जानकारी अनुसार उक्त व्यक्ति ६४ बर्षको स्टेफन प्याडक हुन् । उनी स्थानीय नागरिक हुन् । ती आक्रमणकारीलाई पनि पछि प्रहरीले गोली हानी मारेको थियो ।

स्टेफन प्याडक
प्रहरीले उनी आतंककारीसँग सम्बन्धित रहेको कुनै समाचार भने बाहिर आएको छैन भनेको छ । तर उनको सम्बन्ध कोसँग थियो भन्ने बारेमा खोजी गरिरहेको पनि प्रहरीले बताएको छ ।

साथै प्रहरीले सो घटनामा संलग्नताको आशंकामा एकजना एसियाली महिलाको पनि खोजी गरिरहेको जनाएको छ ।
भिडियो हेर्नुहोस

Close Ad to Play Video

Check Also

श्रीमानले विदेशबाट श्रीमति लिएर आए, मैले पनि अर्को विहे गरेर यहि घरमा बस्न पाउँदिन

'' Download प्रश्नः– मेरो घर चितवन हो । नाम गोप्य राखिदिनु होला । मेरो एउटा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *