Tuesday , October 24 2017
Breaking News
Home / अन्तर्राष्ट्रिय खबर / उत्तर कोरियाले भन्यो ट्रम्पको भाषण ‘कुकुरको भुकाइ’

उत्तर कोरियाले भन्यो ट्रम्पको भाषण ‘कुकुरको भुकाइ’

''
Download

उत्तर कोरियालार्इ ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भाषणलाई भुकिरहेको उत्तर कोरियाका उच्च अधिकारीहरुले “कुकुरको आवाज”को संज्ञा दिएका छन्। बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिका र उसका मित्र शक्तिलाई खतरा पुर्‍याइरहेकाले उसलाई “नष्ट गरिदिने” चेतावनी दिएका थिए।

उत्तर कोरियाका विदेश मन्त्री रि योङ-होले त्यसप्रति पहिलो औपचारिक प्रतिक्रिया दिएका हुन्। राष्ट्रसंघले प्रतिबन्धहरु लगाएको भएपनि उत्तर कोरियाले त्यसलाई वेवास्ता गर्दै आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ।
उत्तर कोरियाली विदेशमन्त्री रिले न्यू योर्कस्थित राष्ट्रसंघीय मुख्यालय बाहिर संवाददाताहरुलाई भने, “एउटा भनाइ छ: ‘कुकुर भुक्दै गर्दा पनि ‘परेड’ खेल चलिरहन्छ’।”

“यदि उनले (ट्रम्पले) हामीलाई कुकुरको भुकाइमार्फत अचम्मित पार्न खोजेका हुन् भने उनले सपना देख्दैछन्।” उत्तर कोरियाली नेता किम जोङ-अनका बारेमा बोल्दै ट्रम्पले राष्ट्रसंघमा भनेका थिए, “‘रकेट म्यान’ अहिले आफ्नो र आफ्नो शासन दुवैका लागि आत्मघाती अभियानमा छन्।”
रिले शुक्रबार राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ। विज्ञहरु भन्छन् उत्तर कोरियाले आश्चार्यजनक ढंगले आफ्नो परमाणु हतियार र लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरेको छ।

गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले आफ्नो छैठौं र सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको घोषणा गरेको थियो। लगत्तै राष्ट्रसंघले उत्तर कोरियाको तेल आयात र कपडा निर्यातलाई नियन्त्रित गर्ने हेतुले नयाँ प्रतिबन्धहरु लगाउने प्रस्ताव पारित गरेको थियो। बीबीसी

Close Ad to Play Video

Check Also

लगातार मोबाइलमा गेम खेल्नुहुन्छ ? चीनमा २१ वर्षीया युवती बनिन् अन्धो

'' Download बेइजिङ । झण्डै लगातार आफ्नो स्मार्टफोनमा गेम खेलेपछि चीनकी एक २१ वर्षीया युवती …

Leave a Reply

Your email address will not be published. Required fields are marked *