Tuesday , October 24 2017
Breaking News
Home / राष्ट्रिय खबर / बल्ल सरकारले गरयो नेपालका कालोसूची मा राख्यो ६२ कम्पनी । ५२ कम्पनी मा कामदार नपठाउन जानकारी ।

बल्ल सरकारले गरयो नेपालका कालोसूची मा राख्यो ६२ कम्पनी । ५२ कम्पनी मा कामदार नपठाउन जानकारी ।

''
Download

काठमाडौं : नेपाल सरकारले मलेसियाका विभिन्न ५२ कम्पनीमा नेपाली कामदार नपठाउने भएको छ । नेपाली कामदारलाई सम्झौता अनुसार काम र तलब नदिने कम्पनीमा कामदार नपठाउने निर्णय सरकारले लिएको हो ।

सरकारको निर्णय अनुसार मलेसियाका ५२ सहित अन्य १० कम्पनीसमेत रहेका छन् । सम्बिन्धत देशमा रहेका नेपाली दूतावासको सिफारिसका आधारमा त्यस्ता कम्पनीमा कामदार नपठाउने निर्णय सरकारले गरेको हो ।

मलेसियाका ५२ सहित अन्य देशका १० कम्पनीलाई वैदेशिक रोजगार विभागले कालोसूचिमा राखेको छ । केही रोजगारदाता कम्पनीलाई भने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सिफारिसमा कालोसूचिमा राखिएको विभागले जनाएको छ।

कामदारलाई समयमा काम र तलव दिन नसक्ने तथा सुधार गर्छु भनेका सेवा सुविधा समेत नसुधारेका कारण कालोसूचिमा परेका हुन् । कालोसूचिमा राखिएकामध्ये सबैभन्दा धेरै मलेसियाका ५२ वटा कम्पनी छन् । यस्तै साउदी अरबका ५, युएईका २ र कतारका ३ वटा कम्पनी पनि समेत कालोसूचीमा परेका छन्। @ओसनेपाल बाट

Close Ad to Play Video

Check Also

सुगौली सन्धी मा तेस्तो बिशेष तत्व के छ ? किन भारत सुगौली सन्धी सँसोधनप्रति सशंकित छ भारत ?

'' Download गौली सन्धी मा तेस्तो बिशेष तत्व के छ ? किन भारत सुगौली सन्धी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *