Tuesday , October 24 2017
Breaking News
Home / राष्ट्रिय खबर / यस्तो छ नयाँ उर्जामन्त्रीको कुलमान घिसिङलाई कडा आदेश, … नत्र कारबाहीको चेतावनी

यस्तो छ नयाँ उर्जामन्त्रीको कुलमान घिसिङलाई कडा आदेश, … नत्र कारबाहीको चेतावनी

''
Download

काठमाडौँ, १३ साउन । नयाँ उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई विद्युत चुहावट १८ प्रतिशतमा झार्न आदेश दिएपछि प्राधिकरणभित्र नयाँ तरंग उत्पन्न भएको छ ।

एक सातामा विद्युत चुहावट १८ प्रतिशतमा झार्ने गरी काम गर्नुस्, अटेर गर्ने कर्मचारीलाई कारबाही हुन्छ : उर्जा मन्त्री महेन्द्रबहादुर शाही

२३ प्रतिशतको हाराहारीमा रहेको विद्युत चुहावटलाई एक साताभित्र १८ प्रतिशतमा झार्न विभागीय मन्त्रीले निर्देशन दिएपछि प्राधिकरणका उच्च पदस्थ अधिकारीहरुलाई तनाव सिर्जना भएको हो । मन्त्रीको निर्देशन लगत्तै प्राधिकरणका कर्मचारीहरु विद्युत चुहावट कम गर्ने उपायको खोजीमा लागेका छन् ।

बिहीबार नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री शाहीले प्राविधिक र चोरीबाट हुने चुहावट नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन । उनले प्रत्येक पोल पोलमा कर्मचारी खटाएर भएपनि विद्युत चुहावट नियन्त्रण गर्न कर्मचारीलाई कडा निर्देशन दिएका हुन ।

‘वितरण प्रणालीमा अहिले पनि २३ प्रतिशत विद्युत चुहावट छ । एक सातामा परिणाम देखिने गरी काम गर्नुस्, अटेर गर्ने कर्मचारीलाई कारबाही हुन्छ ।’- उनको आदेश छ ।

सबै कर्मचारीको साथ भएमा प्राधिकरणको वित्तीय अबस्था सुधार्न आफूले नेतृत्व लिने मन्त्री शाहीले बताए । विद्युतको माग व्यवस्थापनमा ठूलो सफलता मिलेकाले अब फेरि लोडसेडिङ गर्ने अवस्थामा प्राधिकरणलाई फर्काउन नहुने उनको भनाइ छ

Close Ad to Play Video

Check Also

सुगौली सन्धी मा तेस्तो बिशेष तत्व के छ ? किन भारत सुगौली सन्धी सँसोधनप्रति सशंकित छ भारत ?

'' Download गौली सन्धी मा तेस्तो बिशेष तत्व के छ ? किन भारत सुगौली सन्धी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *