Tuesday , October 24 2017
Breaking News
Home / राष्ट्रिय खबर / गृहमन्त्री शर्माले अ.स.ई. बनाए बम फाल्ने प्रहरी हवल्दार रानालाई

गृहमन्त्री शर्माले अ.स.ई. बनाए बम फाल्ने प्रहरी हवल्दार रानालाई

''
Download

काठमाडौं । बमलाई जोखिम मोलेर हातैमा समाई फाल्ने प्रहरी हवल्दारलाई दूर्गाबहादुर रानालाई गृहमन्त्री जनार्दन शर्माले असईमा बढुवा गर्ने भएका छन् । गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, प्रोत्साहित गर्ने नीतिअनुसार नै आफूले रानालाई हवल्दारबाट असईमा बढुवा गर्न लागेको खुलासा गरेका छन् ।

प्रहरी हवल्दार रानाले दोस्रो चरण निर्वाचनको क्रममा दाङको तुल्सीपुरस्थित अम्वास मतदान केन्द्रलाई लक्षित गरी प्रहार भएको बम हातमै समाएर फालेका थिए । उनको साहसी कामका कारण ठूलो दुर्घटना हुनबाट बचेको थियो ।

गृहमन्त्री शर्माले आफ्ना लागि प्रहरी प्रशासनमा कोही हाम्रा नभएको भन्दै राम्रा छान्ने र जनताको सेवामा प्रहरी संगठनलाई प्रभावकारी बनाउने विश्वास दिलाए । गृहमन्त्रीले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र जिम्मेवारी पूरा नगर्नेलाई तीन महिनाभित्रै कारबाही गर्ने नीति आफ्नो भएको बताए । News24

Close Ad to Play Video

Check Also

सुगौली सन्धी मा तेस्तो बिशेष तत्व के छ ? किन भारत सुगौली सन्धी सँसोधनप्रति सशंकित छ भारत ?

'' Download गौली सन्धी मा तेस्तो बिशेष तत्व के छ ? किन भारत सुगौली सन्धी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *